+
+
Shares

ललिता निवास प्रकरणः ३२ करोड बिगो माग दाबी गरिएका अधिकृत ३ लाख धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते २१:२८

२२ असार, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका एक अधिकृतलाई सर्वोच्च अदालतले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय इश्वरबहादुर खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले सोमबार मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै पौडेल विरुद्ध ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो माग र ८ देखि १० वर्ष कैद मागदाबी गरेको छ ।

आयोगकाअनुसार यो कसूर हुँदाको बखत न्यूनत्तम सरकारी मूल्यांकन अनुसार कायम गरिएको बिगो हो ।

विशेष अदालतले पनि चैत पहिलो साता उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

तर शाखा अधिकृत पौडेलले जेठ २३ गते रिहा हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

ललिता निवासले चर्चेको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिना गरेको आरोपमा अख्यितारले २०७६ माघ २२ गते तीन पूर्व मन्त्री र तीन पूर्व सचिव सहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?