Comments Add Comment

दीपकराजलाई कसले भन्यो ‘महानायक’ ?

केही दिनयता ‘महानायक’को विषयले सामाजिक सञ्जाललाई गरमागरम बनाएको छ। निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना समेत भयो । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् ।

दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि व्यङ्ग्य गर्न पनि सुरु गरेका छन् ।

यो पनि पढ्नुहोस राजेश हमालः फिल्म क्षेत्रकै ‘ब्रान्ड’

‘महानायक’को विवादमा आफू पनि तानिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन् । उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद ।’

दीपकले आफू कलाकार भएदेखि नै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन् । दीपक अगाडि लेख्छन्–‘जब असत्य चिच्याई चिच्याई बोलेर भिड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।’

यो पनि पढ्नुहोस माफी माग्दै दीपाले भनिन्–‘राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसियत मेरो थिएन’

दीपाश्रीले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिमा नायक राजेश हमालले जवाफ समेत फर्काइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment