+
+

माफी माग्दै दीपाले भनिन्–‘राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसियत मेरो थिएन’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १२:२१

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग माफी मागेकी छन् । उनले राजेश हमाललाई सुपरस्टार नै होइनन् भन्ने हैसियत आफ्नो नभएको पनि बताएकी छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्दै प्रश्न सोझाएपछि उनको चर्को आलोचना भइरहेको छ।

राजेश हमाललाई रुचाउने मानिसहरूले दीपाको आलोचना गरेपछि दीपाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छन्–‘मैले चलचित्र क्षेत्रका महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषय परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर आफूलाई वर्षौ‌ंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पिर मर्कामा सहयोगी किन हुन सक्नुभएन भन्ने आशले बोलेकी हुँ ।’

दीपाले सबैसँग गुनासो गर्न पाइने भन्दै उच्च पदमा बसेको व्यक्तिसँग आशा पनि धेरै हुने उल्लेख गरेकी छन् । दीपाले राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसियत आफ्नो नभएको समेत बताएकी छन् । उनले काठमाडौंमा पाउरोटी पनि खान नसक्ने अवस्थाबाट आफूले संघर्ष गरेको भन्दै टुप्पोबाट नपलाएको पनि स्पष्ट पारेकी छन् । उनले राजेश हमाल सधैं सुपरस्टार नै रहेको भन्दै उनले हमाललाई भगवान् नै बनाउने पक्षमा आफू कहिल्यै नभएको पनि बताएकी छन् ।

दीपाले आफू महिला कलाकार भएकाले केही व्यक्तिहरूबाट आएको सुन्नै नसकिने गालीलाई सामान्य रुपमा लिएको पनि बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?