Comments Add Comment

वीरगञ्जबाट लागूऔषधसहित ३ जना पक्राउ

२३ असार, काठमाडौं । वीरगञ्जबाट लागूऔषध कोरेक्ससहित तीन जना पक्राउ परेका छन् ।

भारतको रक्सौलबाट वीरगञ्ज बसपार्कतर्फ आउने क्रममा वीरगञ्ज महानगरपालिका–१९ बाट दुई जना भारतीय नगारिकसहित तीन जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ४५ वर्षीय वीरेन्द्रकुमार, भारतको मोतिहारी पूर्वीचम्पारण बिहार पंटोका पञ्चायत–१ भलुवाहा बस्ने २१ वर्षीय वकिल पासवान र सोही ठाउँको वडा नम्बर ४ भरतमही बस्ने ३४ वर्षीय राजकुमार दास छन् ।

बीआर ०५ एन ८१८५ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा उनीहरुको साथबाट १२० बोतल कोरेक्स बरामद भएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका तीनै जनाविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment