Comments Add Comment

बंगलादेशमा कोरोना परीक्षणको नक्कली प्रमाण पत्र दिने अस्पतालमा छापा

२३ असार, काठमाडौं । बंगलादेशमा रहेको एक निजी अस्पतालले कोरोना भाइरस (कोभिड–१९) परीक्षण सम्बन्धी हजारौं नक्कली प्रमाण पत्र दिएको खुलेको छ ।

कोरोना परीक्षणको नक्कली प्रमाण पत्र दिने गरेको खुलेसँगै अस्पतालमाथि कारबाही सुरु भएको छ । सोमबार राजधानी ढाकाको रेजिमेन्ट अस्पतालमा पारामिलिट्रि फोर्सको टोलीले छापा मारेकाे थियो । यो क्रममा ८ जना मानिस समेत पक्राउ परेका थिए । गत मार्च महिनामा यो अस्पताल सरकारको निःशुल्क कोरोना परीक्षण गर्ने योजनामा सामेल थियो । अस्पतालमा नमुना संकलन गरिन्थ्यो र सरकारी प्रयोगशालामा कोरोना परीक्षण गरिन्थ्यो ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अस्पताल आफैंले परीक्षणको प्रमाणपत्र जारी गर्न सुरु गरेको थियो । त्यसपछि अहिलेसम्म अस्पतालले हजारौं मानिसको कोरोना परीक्षणको प्रमाण पत्र जारी गरिसकेको छ । यद्यपि यसरी प्रमाण पत्र दिइएका मानिसको कहिल्यै पनि कोरोना भाइरसको परीक्षण भने गरिएको थिएन । मानिसहरुलाई मनोमानी रुपमा कोरोना भाइरसको पोजेटिभ र नेगेटिभ भएको प्रमाण पत्र दिइएको थियो ।

अस्पतालले चार हजार मानिससँग कोरोना भाइरसको परीक्षणको नाममा पैसा पनि असुल गरेको बताइएको छ । यद्यपि अस्पतालले भने कुनै पनि किसिमको गलत काममा संलग्न भएको अस्वीकार गरेको छ । अस्पतालका एक वरिष्ठ अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै यस किसिमको नक्कली काममा सहभागी कर्मचारीलाई कारबाही भइसकेको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment