Comments Add Comment

मंगलबार १३ अन्तर्राष्ट्रिय उडान-अवतरण, ११७९ यात्रु भित्रिए

२३ असार, काठमाडौं । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक दर्जन उडान-अवतरण भएका छन् । कुन १३ वटा उडान-अवतरण भएका छन् ।

कुल ८ वटा अवतरणबाट ११७९ जना यात्रु काठमाडौं आएका छन् । मंगलबार मलेसियाबाट नेपाल एयरलाइन्सले १४८ यात्रु ल्याएको छ ।

नेपाल एयरलाइन्सले नै कुवेतबाट १४९ जना यात्रुलाई काठमाडौं अवतरण गराएको छ । साउदीको रियादबाट नेपाल एयरलाइन्सको अर्को जहाजले २५२ जना नेपालीलाई घर फर्काएको छ ।

हिमालय एयरलाइन्सको जहाजले दमामबाट १५४ जना नेपालीलाई घर फर्काएको छ । मंगलबार कुवेतबाट जजिरा एयरवेजले दुई उडान गरेको छ । यी जहाजबाट क्रमशः १५९ र १६० जना यात्रु नेपाल आएका छन् ।

हिमालय एयरलाइन्सले अवुधावीबाट दुई बच्चासहित १५७ जना यात्रु लिएर काठमाडौं आएको छ । मंगलबार रियादबाट १ र दमामबाट २ वटा शवसमेत नेपाल ल्याइएको छ ।

आन्तरिकतर्फ तारा एयर लुक्ला पुगेर काठमाडौं फर्किएको छ । यो जहाज कार्गो बोकेर लुक्ला गएको थियो । एयर डाइनेस्टीको हेलिकोप्टर सोलुबाट ५ जना यात्रु लिएर आयो ।

सोही हेली २ यात्रु बोकेर सोलु फर्किएको छ । मनाङ एयरले ५ यात्रु लिएर नाम्चेतर्फ लागेको छ । सिमि्रक हेली डोल्पा प्रस्थान गरेको छ । श्री एयरले लामाबगरमा ३ यात्रु लिएर प्रस्ताव गरेको छ । मनाङ एयरले समेत लुक्लाबाट मंगलबार ४ जना यात्रुलाई काठमाडौं ल्याएको छ ।

बुधबार ११ अन्तर्राष्ट्रिय उडान-अवतरण

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार कुल ११ उडान-अवतरणको तालीका रहेको छ । त्यसमध्ये नेपाल एयरलाइन्सले दुबई र दोहाबाट यात्रु ल्याउनेछ ।

हिमालय एयरलाइन्सले दोहा र मलेसियाबाट यात्रु ल्याउनेछ । बुधबार कतार एयरलाइन्ससमेत दोहाबाट काठमाडौं आउने तालीका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment