Comments Add Comment

प्रधानमन्त्री ओली समर्थनमा प्रदर्शन, ‘भारतीय दलाल होसियार’को नारा

२४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यकाको ६ स्थानमा प्रदर्शन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेलाउन समर्थकले सडकमा प्रदर्शन थालेका थिए । बुधबार कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’हरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

ओलीको समर्थनमा कोटेश्वरमा निकालिएको जुलुस

असनमा निकालिएको जुलुस 

कलंकीमा गरिएको प्रदर्शन 

लगनखेलमा भएको प्रदर्शन 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment