Comments Add Comment

नेकपा विवाद : पूर्व एमालेको प्रदर्शनमा पूर्व माओवादीको अवरोध

२४ असार, सप्तरी । जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गर्न खोज्दा अर्काे पक्षले अवरोध गरेका छन् ।

तत्कालिन नेकपा एमाले पक्षधर नेता सुखराम यादव, अशोक यादव, अखिलेश झा, दुर्गानन्द ठाकुर लगायतका कार्यकर्ताले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्रधानमन्त्री ओलीको समर्थनमा जुलुस निकाल्ने तयारी गरेका थिए ।

तर पूर्व माओवादीका नेता उमेश यादव र उनका समर्थकहरु आएर जुलुस निकाल्न अवरोध गरेका छन् । यो विवादका कारण शिव मन्दिर प्राङ्गणको अवस्था तनावपूर्ण बनेको थियो । प्रहरी आएपछि अवस्था सामान्य बनेको थियो ।

जुलुस निकाल्न रोक्ने नेता उमेश यादवले पार्टीको विवादबारे स्थायी कमिटिमा छलफल चलिरहेकाले कसैको समर्थन या विरोधमा जुलुस प्रदर्शन गर्न नहुने बताए । ‘मैले त्यही कुरा जुलुसमा सहभागी हुन आएकाहरुलाई सम्झाएँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment