Comments Add Comment

एकसाथ पर्दामा अनमोल र उपासना

नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’बाट आफूलाई रङ्गीन दुनियाँमा प्रवेश गराएकी हुन् । यो चलचित्रमा नायक अनमोल केसीसँग जोडी बाँधेकी उपासनाको सफलता चुलियो । उनले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिन् ।

दोश्रो चलचित्रले बम्पर कारोबार गरेपछि उपासनाको माग चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ । तर उनले करिब एक वर्षदेखि नयाँ चलचित्रमा काम गरेकी छैनन् । चलचित्र ‘क्याप्टेन’मा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले रूचाए ।

यसपछि, अनमोल र उपासनाले एकसाथ फेरि पनि चलचित्रमा काम गर्नुपर्ने माग उनीहरूका फ्यानले गर्दै आएका छन् । तर अनमोल र उपासनाले नयाँ चलचित्रमा तत्काल काम गर्ने सम्भावना छैन । किनकि उपासनाले नयाँ चलचित्र साइन गरेकी छैनन् भने अनमोलले ‘ए मेरो हजुर ४’ पछि होम प्रोडक्सनको चलचित्र ‘पारस’मा काम गर्दैछन् ।

तर यी दुई कलाकार एकसाथ सानो पर्दामा भने देखिने भएका छन् । यी दुईले एकसाथ एक विज्ञापनमा मोडलिङ गरेका छन् ।

विज्ञापनमा एकसाथ देखिँदा अनमोल र उपासना उत्साहित देखिएका छन् । दुवैले सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

विज्ञापनमै भए पनि अनमोल र उपासनालाई एकसाथ हेर्ने दर्शकको चाहना पूरा भएको छ । तर पर्दामा एकसाथ फेरि पनि अनमोल र उपासनालाई हेर्ने दर्शकको चाहना कहिले पूरा हुने हो, यो भने पक्का छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment