+
+
Shares

कोरोनाले भन्दा धेरै मानिस भोकमरीले मर्छन् : अक्सफाम

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १३:४८

२५ असार, काठमाडौं । सन् २०२० मा विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले भन्दा भोकमरीबाट धेरै मानिसको ज्यान जानसक्ने एक प्रतिवेदनले देखाएको छ । विश्वव्यापीरुपमा गरिबीको विषयमा काम गरिरहेको संस्था अक्सफामको प्रतिवेदनले यस्तो देखाएको हो ।

अक्सफामका अनुसार १२ करोड २० लाख सबैभन्दा गरिब मानिस भोकमरी र गरिबीमा झन् डुब्ने आंकलन छ । संस्थाका अनुसार जसको कारण सामान्य अवस्थामा भन्दा १२ हजार बढी मानिसको मृत्यु हुनेछ । कोरोना भाइरस उत्कर्षमा पुग्दा गत अप्रिलमा विश्वभर दैनिक १० हजार मानिसको मृत्यु भएको थियो ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि गरिएको लकडाउनको कारण ठूलो संख्यामा मानिसहरु बेरोजगार भएको, धेरै मानिसको आम्दानीमा कमी आएको, खाद्यान्न उत्पादनमा देखिएको कमीजस्ता कुराले मृत्यु हुनेको संख्या पनि बढ्ने अक्सफामको दाबी छ ।

अक्सफामले भोकमरीको १० हटस्पट पनि पहिचान गरेको छ । जसमा अफगानिस्तान, सिरिया, यमन र दक्षिण सुडानलगायतका मुलुक छन् । भारत, दक्षिण अफ्रिका र ब्राजिलमा पनि अहिले उल्लेख्य मात्रामा भोकमरी बढ्दो क्रममा रहेको अक्सफामको प्रतिवेदनमा उल्लेख छ ।

स्रोत : द टेलिग्राफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?