Comments Add Comment

भारतीय सञ्चारमाध्यमको प्रचार पीत पत्रकारिताको नमूना : पत्रकार महासंघ

२६ असार, काठमाडौं । भारतको टेलिभिजन च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीमाथि बनाएको रिपोर्टमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । यो पित पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । यस्तो अनर्गल र बकवासपूर्ण कदमको महासंघ कडा शब्दमा भर्त्सना गर्छ ।’

महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केही भारतीय मिडियाले पत्रकारिताबाहेक अरु थोकमात्र गरिरहेको बताएका छन् । यस्ता आधारहीन सम्प्रेषणले नेपालमा कुनै अर्थ नराख्ने भन्दै जिम्मेवार पत्रकारिताका लागि यस्तो समाचार लज्जाको विषय हुने उनले  फेसबुकमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने – बकवास बन्द गर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment