
२५ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’
भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020
राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’
प्रतिक्रिया 4