Comments Add Comment

भारतीय सञ्चार माध्यमको नेपाल लक्षित सामग्रीमा फोनिजको आपत्ति

२६ असार, काठमाडौं । नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण हुँदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भर्त्सना गरेको छ ।

पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै फोनिजले भर्त्सना गरेको हो ।

फोनिजका संगठन सचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण भएको र हुँदै आएको ठहर गर्दै फोनिज यस्ता कार्यको भर्त्सना गर्दछ ।’

नेपाललाई जोडेर भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको गलत प्रचार निन्दनीय र आपत्तिजनक रहेको भन्दै पछिल्लो पटक प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतसँग सम्बन्धित आक्षेपपूर्ण समाचार प्रशारण हुनु त्यसैको निरन्तरता रहेको र उक्त कार्य प्रेसको विश्वव्यापी मान्यता विपरित रहेको फोनिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment