+
+
Shares

हत्कडीसहित भागेका हत्या आरोपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १२:४२

२६ असार कैलाली । कैलालीमा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका एक युवा पक्राउ परेका छन् ।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका– ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हतकडीसहित थुनाबाट भागेका थिए । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले शुक्रबार बिहान ऐरलाई पक्राउ गरेको हो ।

‘चुरे गाउँपालिका ६ सिराडीको ग्वासी मावि विद्यालय नजिकबाट उनलाई पक्राउ गरिएको हो’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले भने ‘उनी बुधबार राति भागेका थिए ।’

सादा पोसाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

७५ बर्षकी हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका उनी बेलुका भागेका थिए । उनले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?