Comments Add Comment

हत्कडीसहित भागेका हत्या आरोपी पक्राउ

२६ असार कैलाली । कैलालीमा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका एक युवा पक्राउ परेका छन् ।

हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका– ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हतकडीसहित थुनाबाट भागेका थिए । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले शुक्रबार बिहान ऐरलाई पक्राउ गरेको हो ।

‘चुरे गाउँपालिका ६ सिराडीको ग्वासी मावि विद्यालय नजिकबाट उनलाई पक्राउ गरिएको हो’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले भने ‘उनी बुधबार राति भागेका थिए ।’

सादा पोसाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो ।

७५ बर्षकी हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका उनी बेलुका भागेका थिए । उनले मंगलबार दिउँसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment