Comments Add Comment

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

२६ असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् ।

गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु भएको हो ।

श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।

शवलाई स्थानीय र प्रहरी मिलेर पहिरोबाट निकालेका थिए । मृतक श्रीसको शवलाई पोष्ट मार्टमको लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको डीएसपी पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment