+
+
Shares

ग्लोबल आइएमईद्वारा कर्णाली प्रदेशलाई कोरोनाविरुद्ध आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १५:०८

२६ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका मुख्यमन्त्रीमहेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड -१९)विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

बैंकले, कोरोना भाइरसले नेपाल लगायत सम्पूर्ण विश्वलाईनै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?