
२६ असार, काठमाडौं । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीरमा ज्यान गएको छ । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा युद्धविराम उल्लङ्घन गर्दै पाकिस्तानी सेनाले गोलाबारी गर्दा हवल्दार सम्बुर गुरुङको शुक्रबार ज्यान गएको भारतीय सेनाले जनाएको छ ।
गोर्खा, आरुघाट निवासी ३६ वर्षीय गुरुङ १८ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनका श्रीमती, दुई छोरी लगायतका आफन्तले भारत जानका लागि सवारी पास लिएको गाउँपालिकाले जनाएको छ ।
जम्मु–कश्मीरमै असार पहिलो साता दीपक कार्की र गत कार्तिकमा गामिलकुमार श्रेष्ठको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4