Comments Add Comment

हामीले किन भारतीय न्युज च्यानल बन्द गर्‍यौं ?

मेरो जन्म नेपालमा भयो । तर, बाल्यकाल भारतमै बित्यो । त्यस कारण पनि मेरो भारतसँग आत्मीय सम्बन्ध छ । मेरो भारतीय व्यवसायीहरुसँग राम्रो सम्बन्ध छ र उनीहरुसँग नियमित रुपमा व्यवसाय गरिरहेको छु । मेरा भारतीय साथीहरूको सङ्ख्या पनि धेरै छ, जुन हामीबीच घनिष्ट आत्मीय सम्बन्ध छ, जुन व्यापार र राजनीति भन्दा पनि माथि छ ।

वर्तमान अवस्थामा हामीले किन भारतीय न्युज च्यानलहरूको प्रसारणलाई रोक लगायौं ? भनेर धेरै व्यक्तिले मलाई प्रश्न सोधेका छन् । कसै-कसैले अभिव्यक्ति स्वतन्त्रतामाथि हनन भयो, कतिपयले उपभोक्ता अधिकारहरूको बारेमा कुरा गरेका छन् ।

म सबैलाई यो भन्न चाहन्छु कि भारतीय कानुनमा समेत अभिव्यक्ति स्वतन्त्रतामा पनि उचित प्रतिबन्ध रहेको भए पनि दुर्भाग्यवस केही भारतीय न्युज च्यानलहरूले भारतीय कानुनको धज्जी उडाउँदै आफ्नो सीमारेखा पार गरिरहेका छन् र नेपालका बारेमा अनावश्यक भ्रम फैलाउने काम गरेका छन् ।

हामी पनि गलत हुन सक्छौं । तर, एक जेष्ठ नागरिक, जसको सात दशकको जीवन अनि दुई मिर्गौला दुईपटकसम्म प्रत्यारोपण गरेका ब्यक्तित्व, जो एकदमै सम्मानयोग्य नेपालको प्रधानमन्त्री हुनुहुन्छ । नेपाल तथा नेपालको नेतृत्व गरिरहनुभएका हाम्रो प्रधानमन्त्रीलाई जोडेर अर्को देशका प्रतिष्ठित व्यक्तिसँग कुनै अव्यसायिक सम्बन्ध छ र देशको अहित हुने काम गरिरहेको छ भनी रिपोर्ट बानाउने, तथ्य र आधारहीन कुरालाई प्रसारण गर्ने, देश र प्रधानमन्त्रीका बारेमा गैरजिम्मेवारी टीकाटिप्पणी गर्ने जस्ता कार्यहरुलाई कुनै पनि देशले कसरी लिनुपर्छ ? हामी नेपालीले यस्ता गैरजिम्मेवारीपूर्ण कार्यहरुलाई कदापि स्वीकार गर्न सक्दैनौं ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी

म मेरा भारतीय साथीहरूलाई सोध्न चाहन्छु कि नेपाली च्यानलहरुले अरु देश तथा त्यस देशका नागरिकका बारेमा अनावश्यक विवादास्पद टीकाटिप्पणी गरेको सुनेका छौ ? हामी नेपाली कति सभ्य र शिष्ट रहेछौं भन्ने कुरा मलाई अहिले आएर थाहा हुँदैछ ।

पछिल्लो २० वर्षदेखि म केवल टेलिभिजनको व्यवसायमा छु । यति लामो अवधिमा त्यस्तो क्रुर अनि विकृति फैलाउने कभरेज कहिल्यै भएको मलाई थाहा थिएन ।

नेपाल सरकारले हामीलाई दिएको डाउनलिंकिङ इजाजतपत्रमा स्पष्ट रूपमा भनिएको छ कि हाम्रो देशलाई मान्य नहुने कुनै पनि राष्ट्र विरोधी वा देशद्रोही सामग्री प्रसारण गर्न मिल्दैन । हाम्रो विवेक र जिम्मेवारी प्रयोग गर्दा हामी कसरी गलत छौं ? किनभने, हामी व्यापारीहरू हौं, यसको मतलब यो होइन कि हामीसँग देशभक्ति वा आत्म सम्मान छैन ।

म सरकारको आलोचक हुन सक्छु र म उनीहरूसँग धेरै कुराहरूमा भिन्न पनि हुन सक्छु । त्यसैले मेरो व्यवसायलाई अघि बढाउन र व्यवसाय बचाउनका लागि सरकारसँगको मेरो धारणा अलग हुन सक्छ । तर, अरु मेरो देशका बारेमा आँच आउने किसिमले बोल्ने कसैको अधिकार छैन ।

म मेरा भारतीय साथीहरूलाई सोध्न चाहन्छु कि नेपाली च्यानलहरुले अरु देश तथा त्यस देशका नागरिकका बारेमा अनावश्यक विवादास्पद टीकाटिप्पणी गरेको सुनेका छौ ?

जुन मिडियामा प्रसारण भएका स्रोत, प्रसंग र एजेन्डा सबै सरासर गलत अनि मिथ्या छन् । कसैलाई पनि मेरो देश र मेरो देशभित्रका व्यक्तिहरुका बारेमा नक्कली समाचार सम्प्रेषण गर्ने अधिकार छैन ।

दोस्रो कुरा, यहाँ भारतीय न्युज च्यानलहरुको प्रसारण समाग्रीका कारणले नेपाली जनमानसमा आक्रोश पैदा गरेको छ र हामीले ठूलो अपराध नै गरेजस्तो गरी आरोप लागिरहेको अवस्थामा हामी किन चुप बस्ने ? भारतीय न्युज च्यानलहरुले गरेको गल्तीको भागिदार हामी किन हुने ? त्यसैले, जसले गल्ती गर्छ, उ नै भागीदार हुनुपर्छ भन्ने वास्तविकतालाई बुझी प्रसारण बन्द गरेका हौं ।

पत्रकारिता वास्तवमा सत्य कुराको निडर भई खोजी गरी वास्तविकता बाहिर ल्याउने कार्य हो । र यो पनि सत्य हो कि भारतको राष्ट्रिय स्वतन्त्रता र अखण्डतामा निडर भई ठूलो सङ्ख्यामा नेपालीहरुले रगतको बलिदानी गरिरहेका छन् । हाम्रा हजारौं गोरखाली दाजुभाइहरू भारतीय सीमा सुरक्षामा तैनाथ छन् । इतिहासदेखि हालसम्म हामी कहिल्यै पनि कसैको दास भएका छैनौं भन्ने कुरा सारा विश्वलाई थाहा छ भन्ने कुरा म नेपालविरोधी सबै भारतीय न्युज च्यानलहरुलाई पनि जवाफ दिन सक्छु ।

त्यसैले हामी कसैको पनि दासत्व महसुस गर्दैनौं । भारत, चीन वा अन्य जुनसुकै देशका लागि हामी स्वतन्त्र छौं, हाम्रो राज्य स्वतन्त्र छ ।

भारतीय न्युज च्यानलहरु बन्द गर्ने निर्णयका पछाडिको कारण गैरजिम्मेवारीपूर्ण प्रसारण समाग्री नै हो । वास्तवमा यो हो कि हामी भारत र भारतीय व्यवसायीहरुसँग आपसी सम्मानका आधारमा घनिष्ठ सम्बन्ध निर्माण गर्न चाहन्छौं ।

म एक हिन्दु परिवारबाट आएको हुँ र विदेशबाट नेपालमा रिपोर्टिङ्ग गर्न आउने मिडियालाई विनम्रतापूर्वक अनुरोध गर्दछु, नेपालको राष्ट्रियता सबैभन्दा ठूलो छ । त्यसैले यसका बारेमा एकदमै विचार गरेर पत्रकारिता गर्नुहोस् । म हृदयबाटै साथीहरू बनाउन र बन्न चाहन्छु । तर, कृपया मलाई त्यो ठाउँ दिनुहोस् ।

यो पनि पढ्नुहोस नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

हामीले सोचेका थियौं कि आवाजलाई शटडाउन गरेर बस्नुपर्दाको परिणाम के होला ? तर, हामी अब चुप बस्दैनौं । त्यसैले कृपया अपुष्ट, आधारहीन र तथ्यहीन स-साना पृष्ठहरुको पत्रकारिता नगर्नुहोस् ।

नेपाल सरकार तथा मेरा प्रिय साथीहरु, म तपाईलाई ‍विनम्रतापूर्वक हात जोडेर भन्छु कि हामी प्रसारण सामग्रीको वाहक मात्र होइनौं । हामी त्यस्ता गैरजिम्मेवारपूर्ण प्रसारण सामग्रीको निगरानी गरी त्यस्ता गैरजिम्मेवारपूर्ण प्रसारण सामग्रीको रोक पनि लागाउँछौं ।

यो पनि पढ्नुहोस अति भो भारतीय मिडियाको हर्कत !

विशेष गरी इन्टरनेट (अनलाइन) को माध्यमबाट प्रसारण हुने त्यस्ता गैरजिम्मेवारपूर्ण सामग्रीमा पनि रोक लगाउनु अबको आवश्यकता बनेको छ । सबैले भन्नुपर्छ, हामी त्यस्ता गैरजिम्मेवारपूर्ण सामग्रीहरु प्रसारण गर्दैनौं । म तपाईंलाई विनम्र अनुरोध गर्दछु कि तुरून्त हाम्रो र राष्ट्रको मर्यादामा आँच पुर्याउने कुनै पनि प्रसारण समाग्री प्रसारण नगर्नुहोस् ।

कानुनको नजरमा सबै बराबर हुन्छन्, चाहे इन्टर्नेट सेवा प्रदायक वा टेलिभिजन सेवा प्रसारक नै किन नहोस् । त्यसैले अब हामी सम्पूर्णले राष्ट्र र राष्ट्रियताका विषयमा सोच्ने समय आएको छ ।

अब, हाम्रो देश नेपालको आत्म सम्मान र नेपालीको मान सम्मानको रक्षामा हामीजस्ता इन्टर्नेट सेवा प्रदायक र केवल टीभी प्रसारकको महत्त्वपूर्ण भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment