Comments Add Comment

वेष्टइन्डिजलाई ९९ रनको अग्रता

२७ असार, काठमाडौं । वेष्ट इन्डिजले इंग्ल्याण्डविरुद्धको पहिलो टेष्ट अन्तर्गत तेस्रो दिनको समाप्तीमा ९९ रनको अग्रता बनाएको छ । तेस्रो दिन ५७-१ बाट इनिङ्स अघि बढाएको वेष्ट इन्डिजले १०२ ओभर खेल्दै सबै विकेट गुमाएर ३१८ रन बनाएको थियो । तेस्रो दिनै आफ्नो दोस्रो इनिङ्स सुरु गरेको इंग्ल्याण्डले बिना क्षति १५ रन बनाउँदा स्टम्प्स भएपछि वेष्ट इन्डिजले ९९ रनको अग्रता बनाएको हो ।

वेष्ट इन्डिजका लागि ओपनर क्रेग ब्रेथवेइटेले सर्वाधिक ६५ रन बनाए । यस्तै विकेटकिपर शेन डवरिचले ६१ रन योगदान गरे । रोस्टन चेसले ४७ रन जोडे । इंग्ल्याण्डका लागि कप्तान बेन स्टोङ्क्सले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसनले ३ र डम बेसले २ विकेट लिए ।

साउथह्याम्पटनमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्याण्ड पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजका कप्तान ज्यासन होल्डरले पहिलो इनिङ्समा एक्लै ६ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment