Comments Add Comment

बाँकेमा करेन्ट लागेर एक किशोरको मृत्यु

२७ असार, बुटवल । पानी तान्ने मोटरबाट करेन्ट लाग्दा बाँकेको कोहलपुरमा १४ वर्षीय एक किशोरको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १० ड्राइभरटोल बस्ने किशोरको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरको धारामा पानी चलाउने क्रममा मोटरबाट करेन्ट लागेर घाइते भएका किशोरको उपचारको लागि मेडिकल कलेज कोहलपुरमा लैजाँदै गर्दा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

बाँकेकै अर्को खबरमा, नेपालगन्ज उपमहानगरपालिका–३ स्थित फूलबारी मस्जिदमा रहेको कपडा पसलमा आगलागी करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसैगरी प्यूठानको स्वर्गद्वारी नगरपालिका २ स्थित रानीबन जंगलमा स्थानीय ३४ वर्षीय रमेश घर्ती मृत फेला परेका छन् । शुक्रबार साँझ उनी बाँझको रूखको फेँदमा मृत फेला परेपछि जिल्ला पहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

किन जागे खोकनावासी ?

सडक हो कि खोला ?

Advertisment