
२७ असार, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले सलह किराको मुल्य निर्धारण गरेको छ । नगर कार्यपालिका बैठकले सलह ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने निर्णय गरेको हो ।
सलह खरिदका लागि विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ विनीयोजन गरिएको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।
रानाका अनुसार नगरपालिकाको कृषि विकास शाखामार्फत सलह किरा दाना उद्योगलाई प्रतिकेजी रु. ५० मा बिक्री गर्ने निर्णय गरेको छ ।
नेपालमा दुई हप्ता पहिले बारा, पर्सा र सर्लाहीबाट सलह भित्रिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4