Comments Add Comment

बाढी पहिरोले दुई महिना आक्रान्त पार्न सक्छ, पूर्व तयारी गरौं : प्रधानमन्त्री

२७ असार, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् ।

‘यो झरी सकिएपनि दुई महिनासम्म बाढी र पहिरोले आक्रान्त पारिरहन्छ । यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्दार सामाग्री लगेर राख्न र यतासक्य छिटो पुर्‍याउन निर्देशन दिनुभएको छ’ राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने ।

उद्दार तथा राहतका लागि पूर्व तयारी भएपनि कहिले काही समस्या आउने गरेको उनले सुनाए । शुक्रबार म्याग्दीमा मौसमका कारण तुरुन्त हेलिकप्टर पठाउन नसकिएको भन्दै उनले बैठकमा यस्तो बेला प्रविधि प्रयोग गर्नेबारे छलफल भएको छ ।

बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयहरुमा नै राखिने भएको छ । यसबाहेक अर्को विकल्प नभएको पोखरेलले बताए ।

गृहमन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका छन् । बाढी र पहिरोमा परि २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

किन जागे खोकनावासी ?

सडक हो कि खोला ?

Advertisment