
२७ असार, काठमाडौं । सिंगापुरको आमनिर्वाचन सत्तारुढ दल पिपुल्स एक्सन पार्टी (पीएपी)ले जित हासिल गरेको छ । कोभिड-१९ महामारीकाबीच शुक्रबार भएको चुनावमा यो पार्टी ९३ मध्ये ८३ स्थानमा विजयी भएको बीबीसीले जनाएको छ ।
सन् २०१५ को चुनावको तुलनामा यसपटक पीएपीको लोकपि्रयता केही खस्किएको छ । प्रधानमन्त्री ली एच. लोङ्ग नेतृत्वको पिएपीले १९६५ देेखि सत्ता चलाउँदै आएको छ ।
प्रतिपक्षी वर्कस् पार्टीले यो पटक १० स्थानमा जितेको छ । अन्य दलहरूले खाता खोल्न सकेनन् ।
सिंगापुरमा २१ वर्ष उमेर पुगेपछि मतदान गर्न पाईन्छ । मतदाता सूचीमा नाम भएर पनि भोट हाल्न नजानेले भने जरिवाना तिर्नुपर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4