Comments Add Comment

जापान र अष्ट्रेलियामा फेरि बढ्न थाले कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिन सफल भनेर नाम कमाएका जापान र अष्ट्रेलियामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जापानमा कोरोना भाइरसका ४३० नयाँ संक्रमित फेला परेका छन् । जापानमा गत अपि्रल २४ पछि पहिलोपटक एकैदिन कोरोना भाइरसका चार सयभन्दा बढी संक्रमित फेला परेका हुन् ।

जापानमा नयाँ संक्रमित सबैभन्दा बढी राजधानी सहर टोकियोमा भेटिएका छन् । टोकियोमा पछिल्लो २४ घण्टामा २४३ नयाँ संक्रमित फेला परेका हुन् ।

टोकियोमा पहिलोपटक एकैदिन यति धेरै संक्रमित फेला परेका हुन् ।

अहिलेसम्म जापानमा कोरोना भाइरसका २१ हजार ८४१ संक्रमित फेला परेका छ् भने ९९५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो केही समयदेखि निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसका २१६ नयाँ संक्रमित फेला परेका हुन् ।

अघिल्लो दिन यो राज्यमा २८८ नयाँ संक्रमित फेला परेका थिए ।

भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुले सञ्चारमाध्यमसँग कुरा गर्दै कोरोना भाइरसका संक्रमितको संख्या अझै बढ्ने बताएका छन् ।

भिक्टोरियामा कोरोना भाइरसको संक्रमित बढेसँगै यो राज्यमा ६ साताको लकडाउन गरिएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment