Comments Add Comment

भिदालको गोलमा बार्सिलोना विजयी, उपाधि होड कायमै

२८ असार, काठमाडौं । अर्टुरो भिदालको एक मात्र गोल मद्दतमा बार्लोनाले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको छ । साँघुरो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंकदूरी १ मा झार्दै उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

भाल्लाडोलिडको मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोल गरेको थियो । १६औं मिनेटमा कप्तान लिओनल मेसीको पासमा भिदालले गरेको गोल बार्सिलोनालाई ३ अंक दिलाउन निर्णयाक बनेको थियो । यस सिजन मेसीको यो २०औं असिस्ट हो र उनी एकै सिजन २० गोल र असिस्ट गर्ने थियरी अनरीपछि पहिलो खेलाडी समेत बनेका छन् ।

यस्तै २००८-०९ पछि ला लिगामा २० असिस्ट गर्ने पहिलो खेलाडी समेत बनेका छन् । त्यस बेला बार्सिलोनाकै जाभीले उक्त उपलब्धि हासिल गरेका थिए ।

जितपछि बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियल ८० अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment