+
+
Shares

दाउरा टिप्न गएका दम्पती बबईको बाढीमा बगेर बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते ७:२२

२८ असार, बर्दिया । बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न बर्दियाको बबई नदीमा गएका दुई जना बगेर वेपत्ता भएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ बग्नाहका २५ वर्षीय जितबहादुर थारु र २६ वर्षीया राजकुमारी थारु बबईको बाढीमा बगेर बेपत्ता भएका हुन् । जितबहादुर र राजकुमारी श्रीमान–श्रीमती हुन् ।

नदीले बगाएर ल्याएको दाउरा टिप्न गएका दुवै जनालाई शनिबार बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?