
२८ असार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए । हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेस अनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । २६ गते आएको पीसीआर रिपोट पोजेटिभ देखिएपछि हिरासत कक्ष सिल गरिएको डीएसपी घर्तीले बताए ।
उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको छ ।
आरडीटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो । तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4