
२८ असार, जनकपुरधाम । महोत्तरीको औरही गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
औरही नगरपालिका-४ कविलासा बस्ने ५० वर्षीय जिवछ साहको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई आफ्नै घरमा अचानक करेन्ट लागेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए । प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा विष्टको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4