+
+
Shares

बागमती प्रदेशमा विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १८:००

२८ असार, हेटौंडा । बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने भएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने प्रवक्ता ढुंगेलले बताए ।

उनले विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने जानकारी दिए । वैठकले साउन २ गते बस्ने भनिएको बागमती प्रदेश सभामा प्रदेश आर्थिक कार्यविधि ऐन २०७७ को पहिलो संशोधन र वातावरण अध्यादेश प्रदेश सभामा पेश गर्ने निर्णय भएको मन्त्री ढुङ्गेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?