Comments Add Comment

काठमाडौंमा व्यायाम व्यवसायी संघ गठन

२८ असार, काठमाडौं । काठमाडौंका व्यायाम व्यवसायीहरुको एक भेलाले व्यायाम व्यवसायी संघ गठन गरेको छ ।

भेलाले संघको अध्यक्षमा सुरेश सुवेदीलाई चयन गरेको छ । सुवेदी काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष पनि हुन् । सुवेदी खिचापोखरी र थापाथलीस्थित फिट्नेस गराजका सञ्चालक पनि हुन् ।

व्यायाम व्यवसायीहरुलाई एकजुट बनाइ व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको अध्यक्ष सुवेदीले बताए । सरकारले अनुमित दिए विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुरक्षा मापदण्ड अनुसार सम्पूर्ण सुरक्षा संयन्त्र अपनाइ व्यवसायी सञ्चालन गर्न तयार रहेको सुवेदीले बताए ।

नवगठित संघको उपाध्यक्षत्रयमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले, सचिवमा जगन्नाथ अधिकारी, उपसचिवमा विजयत्त्तम रत्न वज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सहकोषाध्यक्षमा श्रीकृष्ण अधिकारी रहेका छन् ।

यस्तै सदस्यहरुमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देवीका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन् ।

भेलामा काठमाडौंमा रहेका करिब २ सय ५० जना व्यायाम व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment