Comments Add Comment

पाँच वर्षमा विश्वको औसत तापमान पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री बढी रहने : राष्ट्रसंघ

२९ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको मौसम एजेन्सीले आगामी पाँच वर्षमा विश्वको औसत तापमान पूर्व–औद्योगिक औसतभन्दा एक दशमलव ५ डिग्री बढी रहने सम्भावना २० प्रतिशत रहेको बताएको छ ।

एक दशमलव ५ डिग्री सेल्सियसको सीमा त्यस्तो स्तर हो, जसमा विश्वका मुलुकहरुले विश्वको औसत तापमान सीमित राख्ने सम्झौता गरेका थिए । सन् २०१५ मा भएको पेरिस सम्झौतामा यो सम्झौता भएको थियो । वैज्ञानिकहरुका अनुसार विश्वभर अहिले नै विश्वको औसत तापमान सन् १८५०–१९०० को औसत तापमानको तुलनामा कम्तीमा एक डिग्री सेल्सियस बढी छ ।

अहिले देखिएको नतिजाले सन् २०१५ मा भएको पेरिस सम्झौताअनुसारको नतिजा हासिल गर्ने मामिलामा हामीहरु कति नजिकै छौँ भन्ने कुरा देखाएको वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसन (डब्ल्यूएमओ)का निर्देशक म्याक्स डिल्लेले बताए ।

वैज्ञानिकहरुका अनुसार यो पाँच वर्षमा विश्वको औसत तापमान पूर्व–औद्योगिक औसतभन्दा शून्य दशमलव ९१ देखि एक दशमलव ५९ डिग्री सेल्सियससम्म बढी हुन सक्छ । यो अनुमान बेलायतको मौसम कार्यालयले निर्देशित गरेको एक जलवायु आकलनमा आधारित छ । यसअघिका जलवायु मोडलहरु सही साबित भएका थिए । डब्ल्यूएमओका अनुसार अहिले विश्वको औसत तापमान बढिरहेको भए पनि सन् २०१५ को सम्झौता अनुसारको लक्ष्य हासिल गर्न असम्भव नै भने नरहेको बताएको छ ।

अहिले गरिएको आकलनमा कोरोना भाइरसको महामारीको कारण उत्पन्न भएको अवस्थाको विषयमा भने अध्ययन गरिएको छैन । कोरोना भाइरसको महामारीको कारण विश्वभर लगाइएको लकडाउनजस्ता सामाजिक प्रतिबन्धको नियमले तापक्रम नियन्त्रणमा केही सहयोग पुग्न सक्ने बताइएको छ ।

स्रोत : एबीसी न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment