 
																			२९ असार, काठमाडौं । जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै निर्णय नगरेको बताएको छ ।
अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणका लागि आन्तरिक छलफल भइरहेको बताएका हुन् । ‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ ।
आइतबार मात्र जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले एमसीसीलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको छ । र, राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु राखेर सहयोग लिन नहुने सुझाव दिइएको छ ।
त्यसलाई जसपाकै धारणाका रुपमा प्रचार भएपछि पार्टीले बोल्नु परेको एक नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4