+
+
Shares

गुगलले भारतमा १० अर्ब डलर लगानी गर्दै 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १८:२९

२९ असार, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा अबको पाँचदेखि सात वर्षमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । सोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको हो ।

उनले भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन यो लगानीको योजना अघि सारिएको बताएका छ । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीको क्रममा अनलाइन एक लाइफलाइन बनेको पनि बताए । सन् २०१५ मा पहिलोपटक गुगल फर इन्डिया कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । सोमबारको कार्यक्रम छैटौं कार्यक्रम थियो । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुन्दर पिचाईसँग छलफल गरेका थिए । छलफलको क्रममा उनीहरुको बीचमा विभिन्न विषयमा छलफल भएको थियो । मोदीले कोरोना भाइरसका साथै प्रविधिको भूमिकाको विषयमा पनि चर्चा भएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?