+
+
Shares

पोखरामा बिना मास्क हिँड्ने १०२ जना कारबाहीमा परे

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते २०:१४

२९ असार, पोखरा । मास्क नलगाई सार्वजनिक ठाउँमा हिँडेको भन्दै पोखरामा सोमबार १ सय २ जनालाई प्रहरीले कारबाही गरेको छ । उनीहरुलाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना तिराई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिएका छन् ।

कारबाहीमा पर्नेमा ८८ जना पुरुष र १४ जना महिला छन् । उनीहरुलाई जरिवाना तिराएर छाडिएको छ । ‘संक्रामक रोग ऐन अन्तर्गत खासमा सय रुपैयाँ जरिवाना र एक महिना कैद हो । तर, सीडीओ कार्यलयबाट अहिले पैसामात्र जरिवाना गर्न आदेश आएकाले त्यही अनुसार गरेका हौं,’ उनले भने ।

जारी लकडाउन खुकुलो बनाए पनि कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन सरकारले अनिवार्य मास्क लगाउन निर्देशन जारी गरेको छ । उक्त निर्देशनविपरीत अटेरी गर्नेलाई कारबाही गर्नुपरेको प्रवक्ता हमालले बताएका छन् ।

नेपाल सरकारले मंगलबारबाट अनिवार्य रुपमा मास्क र न्यूनतम २ मिटरको दूरी कायम गरी लकडाउन पालना गराउन र त्यसो नगरेको पाइएमा कारबाही गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?