Comments Add Comment

अवैधरुपमा कोरोना परीक्षण शुल्क असुल्ने निजी अस्पतालको छानबिन गर्न समिति गठन

३० असार, काठमाडौं । उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ।

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।

मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।

मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड-१९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

उक्त समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्।

स्वास्थ्य मन्त्रालयले उपत्याको वीर, पाटन र शिक्षण अस्पताललाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको थियो।  आइतबारमात्रै सानेपास्थित स्टार अस्पता र सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजले  आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए।

सरकारले अनुमति दिएका यी अस्पतालले ५ हजार ५०० मात्र शुल्क लिन पाउनेछन् । छानबिन गर्न लागिएका अस्पतालले भने ५ हजारभन्दा बढी शुल्क उठाएको आरोप छ ।

यो पनि पढ्नुहोस निर्देशिका विपरीत दुई निजी ल्याबलाई स्वाब संकलन र परीक्षण अनुमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment