+
+
Shares

ड्राइभरमा कोरोना संक्रमण देखिएपछि साराको यस्तो भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते ११:४१

बलिउड नायिका सारा अली खानका ड्राइभरलाई कोरोना पोजिटिभ देखिएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराएकी छन् ।

२४ वर्षकी यी नायिकाका अनुसार ड्राइभरमा कोरोना देखिएपछि उनलाई क्वारेन्टिनमा राखिएको छ । ड्राइभरमा कोरोना देखिएपछि आफ्नो परिवारले पनि कोरोना परीक्षण गरेको साराले बताएकी छन् ।

उनले लेखेकी छन्–‘म र मैले परिवार र घरमा काम गर्ने सबै स्टाफले कोरोना परीक्षण गरेका छौं। हामी कोहीलाई पनि कोरोना संक्रमण देखिएको छैन । तर हामी सरकारले बनाएको मापदण्डअनुसार अगाडि बढ्छौं ।’

बलिउडका चर्चित कलाकारहरूमा अहिले कोरोना संक्रमण देखिन थालेको छ । नायक अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन, कलाकार अनुपम खेरको परिवारलाई पनि कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?