Comments Add Comment

चितवनमा थपिए ८ जना कोरोना संक्रमित

३१ असार, चितवन । चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार माडी नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार माडी नगरपालिका वडा नम्बर १, ७ र ८ का १९ वर्षदेखि ३६ वर्ष उमेर समूहका पुरुषहरु संक्रमित भएका हुन् । माडी नगरपालिकाका अनुसार उनीहरु सबै जना क्वारेन्टिनमा बस्दै आइरहेका छन् । योसँगै चितवनमा कुल संक्रमितको संख्या १०८ पुगेको छ ।

मंगलबार प्रयोगशालामा कुल ३०८ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २८९ नमुनाको रिपोट नगेटिभ आएको छ । चितवन जिल्लाभित्रका मात्र हालसम्म ६१ हजार बढीको नमुना परीक्षण भइसकेको छ ।

यस्तै भरतपुरमा नै गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती र बुलिङटारका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमा बस्दै आइरहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment