
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावको पारो यति धेरै तातेछ कि मरेको बिरालोलाई समेत मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि पत्र पठाइएको छ । यो कुनै मजाक होइन, यथार्थ घटना हो ।
अमेरिकाको एटलान्टामा बसोबास गर्ने एक परिवारले हालै घरमा एउटा अनौठो पत्र प्राप्त गरे । १२ वर्षअघि मरेको उनीहरुको घरपालुवा बिरालोको नाउँमा उक्त पत्र आएको थियो । सो पत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि भर्नुपर्ने फाराम संलग्न थियो ।
रोन टिम्स र क्यारोल टिम्सले घरमा पालेको बिरालो १२ वर्षअघि नै साढे १८ वर्षको उमेरमा मरेको थियो । तर गत बुधबार उनीहरुको घरमा एउटा अनौठो पत्र आयो । उनीहरुका मृतक बिरालो कोडी टिम्सको नाउँमा सो पत्र आएको थियो ।
मरेको बिरालोको नाउँमा पत्र आउनु र त्यो पनि मतदाता नामावलीमा नाम दर्ता गराउने फाराम सहित ! टिम्स दम्पत्ति तिनछक परे ।
ठट्टा गर्दै क्यारोल भन्छिन्, ‘उनीहरुको कदम त ठूलै हो तर बिरालोलाई दर्ता गर्ने प्रयास कसले गरेको हो थाहा भएन । कतै उनीहरुले कुकुर, मुसा तथा सर्पलाई पनि दर्ता गरिहाल्ने पो हुन् कि ।’
उता विदेश मन्त्रीको कार्यालयले भने आफूहरुले बिरालोको नाम दर्ता गराउने त्यस्तो निवेदन सहितको पत्र नपठाएको भन्दै विभिन्न समूहहरुले विभिन्न किसिमले नाम तथा ठेगाना पत्ता लगाएर सामूहिक रुपमा पत्र पठाउने क्रममा बिरालोलाई समेत पत्र पठाएको हुनसक्ने जनाएको छ।
विदेश मन्त्रीको कार्यालयका अनुसार बिरालो ज्युँदै भएको भएपनि उसले चुनावमा भोट हाल्न पाउने कुरै थिएन । पाओस् पनि कसरी ? आखिर चुनावमा भोट हाल्ने भनेको केवल मान्छेले मात्रै त हो ।
एजेन्सी
प्रतिक्रिया 4