Comments Add Comment

ओली –प्रचण्ड तीन घण्टा वार्ता निष्कर्षविहीन

३१ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अआफ्नो अडानमा रहँदा बुधवार करीव ३ घण्टाको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।

साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ । बुधबार भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

दुई अध्यक्षबीच सौहार्दपूर्ण ढंगले छलफल भएको र बिहीबार पनि सहमतिको प्रयासमा वार्ता हुने महासचिव पौडेलले बताए । ‘उहाँहरुबीच सकारात्मक कुराकानी भएको छ तर निष्कर्षमा पुगिसक्नुभएको छैन’ पौडेलले अनलाइनखबरसँग भने, ‘उहाँहरुबीच भोलि पुनः छलफल हुन्छ । पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्न हामी सफल हुनेछौं ।’

अध्यक्षद्वयबीच छलफल सकारात्मक भए पनि कसरी सहमति गर्ने भन्ने टुंगो नलागेको बालुवाटार स्रोतले जनाएको छ । प्रधामन्त्री ओलीले पार्टीको पूरै कार्यभार प्रचण्डले सम्हाल्ने गरी अन्य विषयमा सहमति कायम गर्न प्रस्ताव गरेका छन् ।

तर,प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने जेठ २ को समझदारीमा फर्किनुपर्ने अडानमा छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओली मंसिर ४ मा भएको (पाँच वर्ष ओली प्रधानमन्त्री हुने र प्रचण्ड कार्यकारी अध्यक्ष हुने) समझदारीले जेठ २ को समझदारी खारेज गरिसकेकाले पार्टीको एकल कमाण्ड लिन प्रचण्डलाई आग्रह गरेका छन् ।

सरकार सञ्चालन गर्दा दुई अध्यक्षसहित वरिष्ठ नेता माधव नेपाललाई समेत विश्वासमा लिने, मन्त्रिपरिषद र प्रदेश सरकार समेत पुनर्गठन गर्ने उनको प्रस्ताव छ ।

तर, प्रचण्ड भने प्रधानमन्त्रीको राजीनामाकै पक्षमा छन् । ओलीले राजीनामा नदिए पार्टी बैठकबाट निर्णय गरेर अघि बढ्न प्रचण्डमाथि नेताहरुको दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment