Comments Add Comment

विशेष अदालतमा एक वर्षमा ४५० मुद्धा

३१ असार, काठमाडौं । चालु आर्थिक बर्षमा विशेष अदालतको १८ बर्षको इतिहासमै सबैभन्दा धेरै मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ४५० वटा मुद्धा दर्ता भएको विशेष अदालतले जानकारी दिएको छ ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारीले मुद्धा दर्ताको अवस्था बढ्दो रहेको तर इजलास अपुग रहेको बताए । ‘अपराधका प्रकृति परिवर्तनशील छन् तर अदालतको मानवीय र भौतिक दुवै अभावका कारण मुद्धा थपिदै गएको छ’ उनले भने ।

अहिले बिशेष अदालतको कार्यक्षेत्रमा भ्रष्ट्राचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धिकरणलगायतका मुद्धा पर्छन् । एउटै मुद्धामा धेरै प्रतिवादी, प्रमाणको गहन अध्ययनपछि मात्रै फैसला गर्न सकिने भएकाले विशेष अदालतमा मुद्धाको चाप बढिरहेको अध्यक्ष अधिकारीको भनाइ छ ।

अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग जस्ता कार्यालय सुविधासम्पन्न र प्रविधिको उच्चतम उपयोग गरिरहेका भए पनि न्यायिक मन प्रयोग गर्ने विशेष अदालतले भने न्यून स्रोत साधनमा काम गर्नुपरेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए ।

विशेष अदालतले भौतिक पूर्वाधारदेखि कर्मचारीसम्मको अभावका बाबजुद यस आर्थिक बर्ष नसकिदै यो बर्ष भएका सबै फैसलाको पूर्णपाठ तयार पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment