+
+

साझाले यसरी सुरु गर्‍यो सेवा

आर्यन धिमाल/चन्द्र आले आर्यन धिमाल/चन्द्र आले
२०७७ साउन १ गते ९:५५

३१ असार, काठमाडौं । साझा यातायातले बिहीबारबाट सेवा सुरु गरेको छ । सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

उनले भने, ‘हाम्रा २६ वटा बसले आजबाट साविककै आठ वटा रुटमा सेवा सुरु गरेका छन् । यात्रुको चाप हेरेर आवश्यकताअनुसार बसहरु थप्दै जाने छौं ।’

लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चलिरहेका छन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ ।

यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ ।

साझाका चालक र सहचालकले मास्क, पन्जा र फेस सिल्ड लगाएका छन् । बसमा चढ्नु अगाडि उनीहरुले यात्रुहरुलाई स्यानिटाइजर प्रयोग गर्न दिन्छन् । साथै यात्रुको सेवामा निस्किनुअघि र यात्रुहरु बसेकाे सिटलगायतका स्थानमा स्यानिटाइज गरिन्छ ।

सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीहरुले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरे पनि केही कम्पनीहरुले भने निर्णय अवज्ञा गर्न थालेका छन् ।

सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?