हाँस्य कलाकार सागर लम्साल ‘बले’ले अभिनय गरेको ‘धोका भो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रोमान्टिक गेटअपमा देखिदै आएका सागर यसमा भने भावूक शैलीमा देखिएका छन् । जातिय भेदभावका कारण प्रेममा आएको वाधालाई भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोमा सागरको जोडीको रुपमा रोशनी कार्कीले मोडलिङ गरेकी छिन् । यो गीतमा सन्तोष सुनारको शब्द, संगीत तथा स्वर छ । मनोज बस्नेतको निर्देशनमा तयार भएको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोबाट आफू अत्यन्तै उत्साहित रहेको सागर बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4