+
+
Shares

एनटीसीको सर्भर ह्याक गरेको अभियोगमा सरकारी कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १५:३९

१ साउन, काठमाडौं । नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कार्यरत २८ वर्षीय दिवाकर देउजा छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई बुधबार धनकुटाबाट पक्राउ गरेको हो । ब्युरोका एसपी वेलबहादुर पाण्डेका अनुसार एनटीसीको सर्भर प्रणालीभित्र प्रवेश गरी गैरकानूनी रुपमा टेलिकमको प्याकेज प्रयोग तथा विक्री गरेको अभियोग देउजामाथि छ ।

टेलिकमको पत्र अनुसार थालिएको अनुसन्धानका क्रममा ह्याकरले अनट्रेसेवल इन्टरनेट प्रयोग गरी अनाधिकृत रुपमा सर्भरमा पटकपटक पहुँच बनाइएको पाइएको थियो । ब्युरोको डिजिटल फेरेन्सिक ल्याबले गरेको अनुसन्धानका क्रममा घटनामा देउजाको संलग्नता पुष्टि भएको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाहीका लागि साइबर ब्युरोमा बुझाइएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?