+
+
Shares

लकडाउनपछि म्यूजिक भिडियोको छायांकनमा दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १६:३०

लकडाउनका कारण अस्तव्यस्त बनेको नेपाली चलचित्रको बजार अझै चलमलाएको छैन । चलचित्रको छायांकनको काम सुरु भएको छैन । तर, म्यूजिक भिडियोको भने धमाधम छायांकन भैरहेको छ ।

नेपाली चलचित्रका नाम चलेका कलाकारहरुले पनि धमाधम म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।

लकडाउनपछि नायक दयाहाङ राइले पनि म्यूजिक भिडियोमा काम गर्न सुरु गरेका छन् । मिलन चाम्सको निर्देशनमा उनले ‘बल्ल बल्ल भेट भो’ बोलको म्यूजिक भिडियोमा मोडलिङ गरेका हुन् । यो गीतको छायांकन धुलिखेलमा बिहिबार गरिएको छ । भिडियोमा दयासँगै निराञ्जली लामाले मोडलिङ गरेकी छिन् ।

दीपा लामा र तेम्बा शेर्पाको स्वरमा समावेश यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । दयाले यसपछि अर्को एक म्यूजिक भिडियोमा पनि काम गर्न लागेका छन् ।

पल शाह, स्वस्तिमा खड्का, आँचल शर्मा लगायतका कलाकारले म्यूजिक भिडियोमा आफूलाई व्यस्त बनाइरहेको समयमा दयाले पनि भिडियोको बाटो रोजेका हुन् । चलचित्रको छायांकन सुरु हुने निश्चित नभएपछि कलाकारहरु भिडियोमा आकर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?