+
+

विज्ञ र बैंकर भन्छन्- मौद्रिक नीति समग्रमा राम्रै छ, तरलता थपिने देखियो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते २१:३६

२ साउन, काठमाडौं । विज्ञ र बैंकरहरुले मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकद्वय त्रिलोचन पंगेनी र नरबहादुर थापाले मौद्रिक नीति समग्रमा राम्रै आएको बताएका छन् । पूर्व कार्यकारी निर्देशक पंगेनीले मौद्रिक नीतिले सबै वर्गलाई समेटेको बताए ।

अनावश्यक खर्च कटौती गर्ने तथा कोभिड-१९ प्रभावित क्षेत्रलाई राहत हुने किसिमको नीति तर्जुमा गरिएको उनले बताए । कोरोनका कारण अर्थतन्त्रले सिथिल बनेको अर्थतन्त्रलाई राम्रो दिशामा ल्याउन यो मौद्रिक नीतिले सहयोग पुर्‍याउने पनि उनले बताए ।

‘समग्रमा मौदि्रक नीति राम्रो छ, यसले सबै वर्गलाई समेट्ने कोसिस गरेको छ’ उनले भने, ‘यो एकदमै राम्रो छ, मलाई विश्वास छ यसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि लैजाने छ ।’

उनले महामारीका बेला यत्तिको मौद्रिक नीति आउनु राम्रो भएको बताए । उनले राष्ट्र बैंकलाई पूर्व कार्यकारी निर्देशकहरूले दिएको सुझाव स्मरण गर्दै भने, ‘हामीले कोभिड-१९का बेला कस्तो मौद्रिक नीति ल्याउने भन्ने सुझाव पनि दिएका छौं, धेरै समेटिएका छन् ।’पूर्व कार्यकारी निर्देशक थापाले समग्रमा राम्रै भएको बताए पनि बैंकिङ क्षेत्रमा थप तरलता हुने देखिएको बताए । मौद्रिक नीतिले सीसीडी रेसियोलाई बढाएर ८५ प्रतिशत बनाएकोतर्फ इंगित गर्दै उनले अधिक तरलता रहिरहेको अवस्थामा थप तरलता हुने देखिएको बताए ।

अन्य व्यवस्थाहरुलाई भने सकारात्मक मान्नुपर्ने उनले बताए । ‘समग्रमा मौद्रिक नीतिलाई राम्रै भन्न सकिन्छ, कर्जा पुनर्तालिकामा देखाइएको ६ देखि दुई वर्षसम्मको लचकता सह्रानीय छ’ ‘यसले बैंकका ऋणीहरुलाई राहत भएको छ, यस्तै पुनर्कर्जा सम्बन्धी विद्यमान व्यवस्थालाई परिमार्जन गर्दे उपलब्ध कोषको पाँच गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था क्रान्तिकारी छ ।’

बैंकर भन्छन्- सबैको लागि राम्रो छ

नेपाल बैंकर संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोऽकि नीति उत्साहजनक आएको बताएका छन् । मौदि्रक नीतिले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने बैंकर शाहले बताए ।

उनले ठूला ऋणीदेखि साना सबैलाई मौद्रिक नीतिले समटेको बताए । ‘निक्षेपका ग्राहक हुन या कर्जाका अनि निजी क्षेत्रका साथै हामी वित्तीय क्षेत्रलाई समेत वित्तीय स्थायित्व हुने किसिमको नीति आएको छ, यो एकदमै राम्रो छ,’ अनलाइनखबरसँगको कुराकानीमा शाहले भने,’अब सरकारले पनि पहिलो क्वाटरदेखि विकास खच बढाउनु पर्‍यो, अर्थतन्त्र राम्रै दिशामा जान्छ ।’

उनले बैंकहरुलाई चाहिने तरलता अब सरकारको विकास खर्चबाटै आउनुपर्ने बताए । साना तथा मझौला, कृषि, पर्यटनलगायत प्रत्येक क्षेत्रलाई समेट्न खोजिएको भन्दै उनले यो पनि राम्रो विषय भएको बताए ।

उनले आगामी दिन हुनसक्ने तरलता अभावलाई ध्यानमा राखेर सीसीडी रेसिओ पुनरावलोकन गराइएको भन्दै यसले लगानी बिस्तारमा सघाउ पुग्ने बताए । आगामी दिनमा पर्यटन र रेमिटेन्स आय घट्ने हुँदा सीसीडीबाट स्रोत उपलब्ध गराउन खोजिएको बताए । फोर्स मर्जरको निकै चर्चा हुने गरे पनि प्रोत्साहन हुने किसिमको नीति आएको भन्दै उनले खुसी व्यक्ति गरे । जर्बजस्त मर्जर गर्दाभन्दा प्रोत्साहन गर्दा नै राम्रो रिजल्ट आउने उनले बताए ।

बैंकर्स संघका निवर्तमान अध्यक्ष मौद्रिक नीति समग्रमा स्वागतयोग्य भएको बताए । सरसरर्ती हेर्दा कोभिड १९ को सेरोफेरोमै रहेर मौद्रिक नीति आएको भन्दै उनले वित्तीय स्थायित्वको विषयलाई समेट्न प्रयास भएको बताए ।

उनले कृषि र उर्जामा लगानी गर्न बण्डमार्फत  गरिएको व्यवस्था पनि स्वागत योग्य भएको बताए । कोभिडका कारणले बैंकहरुलाई ब्याज र साँवा उठाउन थप गरिएको समयसीमा समय सबैको लागि राम्रो भएको उनले बताए । उनले बैंकहरुको नगद लाभाशं कसिलो बनाउने नीति भने अनेपेक्षित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?