+
+
Shares

पूर्व जनप्रतिनिधि भन्छन्– ममाथि बम प्रहार भयो, प्रहरी भन्छ– प्रमाण भेटिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३ गते ११:२४

३ साउन, जनकपुरधाम । सिरहामा एकजना पूर्वजनप्रतिनिधिमाथि आक्रमण भएको छ । साविकको औरही गाविसका पूर्वअध्यक्ष सुवर्ण यादवमाथि शुक्रबार राति आक्रमण भएको हो ।

हालको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेको अवस्थामा आक्रमण भएको र छर्रा लागेर सामान्य घाइते भएको परिवारजनले बताएका छन् ।

परिवारका सदस्यहरुले बम आक्रमण भएको भने पनि प्रहरी भने बम पड्किएको जस्तो नदेखिएको बताउँछन् । सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले बम पड्किएको कुनै प्रमाण फेला पर्न नसकेको बताए । ‘हामी अहिले घटनास्थलमै छौं,’ उनले भने, ‘खरानी र बारुद कतै फेला परेको छैन ।’

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?