Comments Add Comment

सचिवालय बैठक सकिनेवित्तिकै ओली र प्रचण्ड शीतलनिवास प्रस्थान

३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले बतायो । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो ।

बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
उनले भने, ‘पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको भन्दै उनले भने, सचिवालयले पार्टीको संकट निवारण गर्न अझै छलफल गर्ने निर्णय भएको छ ।’

उनका अनुसार भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment