+
+
Shares

आउँदैछ इन्स्टाग्रामको ‘टिकटक’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १२:५३

भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकपि्रयताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फो टो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ ।

शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ हुनेछ ।

आगामी अगष्ट महिनामा अमेरिका तथा अन्य ५० वटा देशमा रील्स लञ्च हुनेछ । स्मरणरहोस् इन्स्टाग्रामले गत हप्ताबाट भारतमा रील्सको परीक्षण सुरु गरेको छ । भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको परिप्रेक्षयमा इन्स्टाग्रामले भारतमै रील्सलाई परीक्षणका रुपमा सुरुआत गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामीहरु सदैव मानिसले के चाहन्छन् भन्ने कुरा हेर्दछौँ र प्रयोगकर्ताका अनुभूतिलाई उत्कृष्ट बनाउनका लागि नयाँ उन्नयन गर्दछौँ । मानिसहरुका चाहनलाई मध्यनजर गर्दै स्नाप, टिकटकलगायतका प्लाटर्फमहरु सिर्जना गरिए । तर त्यो काम हामीले ती प्लाटर्फमहरुले भन्दा इन्स्टाग्राममार्फत नयाँ ढंगले पूरा गर्न सक्दछौँ र हाम्रो समुदायको माग सम्बोधन गर्न सक्नेछौँ ।’

इन्स्टाग्रामको भिडियो शेयरिङ फिचर रील्समा प्रयोगकर्ताहरुले १५ सेकेण्डको भिडियो रेकर्ड गर्न, इडिट गर्न, त्यसमा आफूलाई मनपर्ने संगीत तथा अडियो हालेर स्टोरिज तथा इन्स्टाग्रामको एक्सप्लोर फिचरमा अपलोड गर्न सक्नेछन् ।

अन्य एपका विविध फिचरहरुको सिको गर्नमा इन्स्टाग्राम र यसको मातृ कम्पनी फेसबुक अगाडि छन् । सन् २०१६ मा फेसबुक तथा इन्स्टाग्रामले स्टोरीज फिचर लञ्च गरेका थिए जसमा प्रयोगकर्ताहरुले २४ घण्टामा आफैं हराउने सामग्री शेयर गर्न सक्दछन् ।

इन्स्टाग्राममा यो फिचर निकै लोकपि्रय बन्यो र त्यसको ८ महिनामै इन्स्टाग्राम स्टोरिज फिचरका प्रयोगकर्ताको संख्याले स्नापच्याट प्रयोगकर्ताको संख्यालाई पछि पारेको थियो । सन् २०१८ मा त्यो संख्या दोब्बर बनेको थियो ।

टिकटकको बढ्दो लोकपि्रयताको सिको गर्नेमा इन्स्टाग्राम मात्र एक्लो छैन । युट्युबले समेत आफ्नै टिकटक बनाउँदैछ, जसको नाम शर्टस् राखिएको छ । सन् २०२० को अन्त्यसम्ममा युट्यबुको शर्टस् सार्वजनिक गरिनेछ ।

एजेन्सी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?