
४ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन् ।
ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको थियो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो ।
सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ । र, कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ ।
त्यसैले रिक्त पदमा ज्वारचन स्वतः सांसद बनेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4