+
+
Shares

सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते १०:३७

५ साउन, जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.३८ प. ८०७४ नम्बरको मोटरसाइकल बरहथवा नगरपालिका ६ मा ठक्कर खाएको प्रहरीको भनाइ छ ।

उक्त दुर्घटनामा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका ५ बस्ने २३ वर्षीय विवेक साहको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय आस महम्द, बा. ३८ प. ८०७४ नम्बरको मोटरसाइकल चालक बसवरिया गाउँपालिका ३ भवानीपुर बस्ने ३१ वर्षीय नवलाल साह र पछाडि सवार सोही ठाउँका ४८ वर्षीय रामसुधिर साह घाइते भएका छन् ।

घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको र ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?